मेनु

प्रस्ताव माग्नुहोस्

गतिविधि

पञ्चपुरी नगरपालिकाको प्रभावकारी सेवा प्रवाहसम्बन्धी आठबुँदे प्रतिबद्धता

पञ्चपुरी नगरपालिकासार्वजनिक सुनुवाइ

पञ्चपुरी नगरपालिकाको प्रभावकारी सेवा प्रवाहसम्बन्धी आठबुँदे प्रतिबद्धता

पञ्चपुरी नगरपालिकाको प्रभावकारी सेवा प्रवाहसम्बन्धी आठबुँदे प्रतिबद्धता

सुर्खेत जिल्लास्थित पञ्चपुरी नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले नागरिकसमक्ष आठबुँदे प्रतिबद्धता व्यक्त गरेको छ ।

पञ्चपुरी नगरपालिकाको आयोजनामा तथा स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हब प्रा. लि.) को सहजीकरणमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त प्रतिबद्धता सार्वजनिक गरिएको थियो ।

नगरप्रमुख लालवीर भण्डारीको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाले सार्वजनिक सेवाहरूलाई थप प्रभावकारी, सहज तथा नागरिकमैत्री बनाउने, नगरपालिकाभित्र शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सरोकारवालाहरूको सहभागितामा संयुक्त अभियान सञ्चालन गर्ने तथा आगामी आर्थिक वर्षमा बाबियाचौर बजारको ढल निकास तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

त्यसैगरी, नगरपालिकाले स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य तथा नागरिकमैत्री बनाउने, अधुरा तथा अपूरा विकास आयोजनाहरू सम्पन्न गर्न सामूहिक पहल गर्ने, नगरपालिकाभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूको दिगोपन सुनिश्चित गर्न तिनको संस्थागत तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको थियो ।

नगरपालिकाले आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तमा मात्र विकास तथा निर्माणका कार्यहरू सञ्चालन गर्ने प्रवृत्तिको अन्त्य गर्ने, साथै बाबियाचौरमा मालपोत तथा नापीसम्बन्धी सेवा केन्द्र स्थापना गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको थियो ।

उक्त प्रतिबद्धता-पत्रमा नगरप्रमुख लालवीर भण्डारी, उपप्रमुख मुक्तिदेवी रेग्मी तथा प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर बिष्ट ले हस्ताक्षर गरेका थिए ।

सहजीकरण:
स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि.
(हालको नाम: इन्नोभेसन हब प्रा. लि.)
सहजीकरणकर्ता: वरिष्ठ पत्रकार ललितबहादुर बुढा

मिति: १५ जुन २०२६


GEDSI परीक्षण
नरैनापुर गाउँपालिका

नरैनापुरमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण परीक्षण

नेपाल सरकारले जारी गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८० बमोजिम गाउँपालिकाको आयोजना तथा इन्नोभेसन हव प्रा.लि.को सहजीकरणमा…

सार्वजनिक सुनुवाइ
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाद्वारा नागरिकसमक्ष आठबुँदे प्रतिबद्धता

दैलेखको गुराँस गाउँपालिकाले नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी तथा सुदृढ बनाउने उद्देश्यले आठबुँदे प्रतिबद्धता व्यक्त गरेको छ…

सामाजिक परीक्षण
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षणअन्तर्गत आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम

कर्णाली प्रदेश, दैलेख जिल्लास्थित गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण अन्तर्गत स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम:…