मेनु

प्रस्ताव माग्नुहोस्

श्रव्यदृश्य उत्पादन

जलवायु परिवर्तन अनुकूलन योजना तथा सम्बन्धित कार्य

जलवायु परिवर्तन अनुकुलन योजनामा सरकारी तथा गैरसरकारी क्षेत्रमा छलफल । योजना र कार्ययोजनामा छलफल एवं मस्यौदा । समुदायस्तरमा छलफल र व्यवहार परिवर्तनमा केन्द्रित कार्य ।

जलवायु परिवर्तन अनुकूलन योजना सरकार, समुदाय वा कुनै संस्थाले जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम तथा प्रभावलाई पहिचान गरी त्यसअनुसार अनुकूलनका उपाय, कार्यक्रम, बजेट, जिम्मेवारी र कार्यान्वयन व्यवस्था तय गर्ने योजना हो ।

१. जलवायु जोखिम तथा संवेदनशीलता अध्ययन

  • बाढी, पहिरो, खडेरी, डढेलो, तापक्रम वृद्धि, अनियमित वर्षा आदि जोखिम पहिचान गर्ने ।
  • जोखिममा रहेका वडा, बस्ती र समुदायको नक्साङ्कन गर्ने ।
  • महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न तथा सीमान्तकृत समुदायमा पर्ने प्रभाव अध्ययन गर्ने ।
  • जलवायुजन्य विपद्को विगतको तथ्याङ्क संकलन र विश्लेषण गर्ने ।
  • जलवायुजन्य जोखिम तथा जोखिमको संवेदनशीलता मूल्याङ्कन गर्ने ।

२. स्थानीय अनुकूलन योजना तयार गर्ने

  • स्थानीय जलवायु जोखिम र आवश्यकताका आधारमा अनुकूलन योजना तयार गर्ने ।
  • वडा तथा समुदायस्तरबाट प्राथमिकता निर्धारण गर्ने ।
  • अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन अनुकूलन कार्यक्रम निर्धारण गर्ने ।
  • कार्यक्रमको लागत, स्रोत, जिम्मेवार निकाय र समयसीमा निर्धारण गर्ने ।

३. कृषि तथा खाद्य सुरक्षासम्बन्धी अनुकूलन

  • जलवायु अनुकूल बीउ तथा बाली प्रवर्द्धन ।
  • खडेरी तथा कम पानीमा उत्पादन हुने बालीको प्रवर्द्धन ।
  • सिँचाइ तथा वर्षाको पानी संकलन ।
  • जलवायु–स्मार्ट कृषि प्रविधि ।
  • कृषि तथा पशुपालनमा जोखिम व्यवस्थापन ।
  • स्थानीय बीउ तथा जैविक विविधताको संरक्षण ।
  • किसानका लागि जलवायु सूचना तथा पूर्वसूचना प्रणाली विकास ।

४. पानी तथा जलस्रोत संरक्षण

  • मुहान संरक्षण तथा पुनर्भरण ।
  • वर्षाको पानी संकलन ।
  • खानेपानीका स्रोतको संरक्षण ।
  • साना सिँचाइ तथा जलाशय निर्माण ।
  • पानीको दिगो उपयोग र व्यवस्थापन ।
  • सुख्खा तथा पानीको अभाव हुने क्षेत्रमा वैकल्पिक पानीको व्यवस्था ।

५. विपद् जोखिम न्यूनीकरण तथा पूर्वसूचना

  • बाढी, पहिरो, डढेलो, चट्याङ आदि जोखिमको नक्साङ्कन ।
  • स्थानीय पूर्वसूचना प्रणाली विकास ।
  • आपत्कालीन कार्ययोजना तथा उद्धार योजना तयार गर्ने ।
  • समुदायमा विपद् पूर्वतयारी तथा अभ्यास ।
  • सुरक्षित स्थान तथा आपत्कालीन आश्रयस्थल पहिचान ।
  • स्थानीय विपद् व्यवस्थापन समितिको क्षमता विकास ।

६. स्वास्थ्य क्षेत्रमा अनुकूलन

  • गर्मीजन्य रोग, पानीजन्य रोग तथा संक्रामक रोगको निगरानी ।
  • स्वास्थ्य संस्थाको जलवायुजन्य जोखिम मूल्याङ्कन ।
  • अत्यधिक गर्मीका समयमा स्वास्थ्य सुरक्षा योजना ।
  • सुरक्षित खानेपानी तथा सरसफाइ ।
  • स्वास्थ्यकर्मी तथा समुदायका लागि जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण ।

७. वन तथा वातावरण संरक्षण

  • वन संरक्षण तथा पुनःस्थापना ।
  • वृक्षरोपण तथा सामुदायिक वन व्यवस्थापन ।
  • डढेलो नियन्त्रण तथा पूर्वतयारी ।
  • नदी, खोला, तालतलैया तथा सिमसार संरक्षण ।
  • जैविक विविधता संरक्षण ।
  • भू–क्षय तथा पहिरो नियन्त्रण ।

८. जलवायु–मैत्री पूर्वाधार

  • बाढी तथा पहिरो जोखिमलाई ध्यानमा राखेर सडक निर्माण ।
  • जलवायु–प्रतिरोधी विद्यालय, स्वास्थ्य संस्था र सरकारी भवन ।
  • ढल तथा पानी निकासको उचित व्यवस्थापन ।
  • नदी तथा खोलाको जोखिम क्षेत्रमा सुरक्षित पूर्वाधार ।
  • स्थानीय भवन निर्माण मापदण्डमा जलवायु जोखिम समावेश गर्ने ।

९. लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण

  • जलवायु परिवर्तन अनुकुलन योजना तयार गर्ने ।
  • महिला तथा सीमान्तकृत समुदायको निर्णय प्रक्रियामा सहभागिता बढाउने ।
  • अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयोग्य विपद् सूचना र उद्धार व्यवस्था ।
  • विपन्न तथा जोखिममा रहेका परिवारलाई लक्षित अनुकूलन कार्यक्रम ।
  • स्थानीय तथा आदिवासी ज्ञानलाई अनुकूलन योजनामा समावेश गर्ने ।

१०. क्षमता विकास तथा जनचेतना

  • जनप्रतिनिधि तथा कर्मचारीका लागि जलवायु परिवर्तनसम्बन्धी तालिम ।
  • समुदाय तथा विद्यालयमा जलवायु सचेतना कार्यक्रम ।
  • किसान, महिला समूह, युवा तथा सामुदायिक संस्थाको क्षमता विकास ।
  • जलवायु अनुकूलनसम्बन्धी सूचना, शिक्षा तथा सञ्चार सामग्री विकास ।
  • स्थानीय भाषामा जलवायु तथा विपद् सूचना प्रसार ।

११. जलवायु बजेट तथा वित्तीय व्यवस्थापन

  • स्थानीय बजेटमा जलवायु अनुकूलन कार्यक्रम समावेश गर्ने ।
  • जलवायु बजेट सङ्केताङ्कन गर्ने ।
  • संघ, प्रदेश, स्थानीय तह तथा विकास साझेदारबाट स्रोत परिचालन गर्ने ।
  • जलवायु जोखिमका आधारमा बजेट प्राथमिकता निर्धारण गर्ने ।

१२. अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन

  • प्रत्येक अनुकूलन कार्यक्रमका सूचक निर्धारण गर्ने ।
  • वार्षिक प्रगति समीक्षा गर्ने ।
  • समुदायबाट प्रतिक्रिया तथा सामाजिक जवाफदेहिता लिने ।
  • अनुकूलन कार्यक्रमको प्रभाव मूल्याङ्कन गर्ने ।
  • आवश्यकताअनुसार योजना अद्यावधिक गर्ने ।