इनोभेसन हब प्रा. लि. (साबिकको नाम: स्टार इनोभेसन एन्ड रिसर्च सेन्टर प्रा. लि.) सेवामूलक तथा व्यावसायिक काम गर्न नेपालमा विधिवत् दर्ता भई सञ्चालनमा रहेको कम्पनी हो। यो कम्पनी नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता छ।
स्थापनाकालदेखि नै कम्पनीले आफ्नो प्रबन्धपत्रमा उल्लिखित उद्देश्यअनुसार व्यावसायिक तथा सेवामूलक काम गर्दै आएको छ। स्थानीय समुदायलाई केन्द्रमा राखेर सरकारी निकाय, निजी क्षेत्र र गैरसरकारी संस्थासँग सहकार्य गर्छ।
स्थानीय सरकारको संस्थागत तथा कार्यगत क्षमता सुदृढ गर्ने, नागरिक र सरकारबीच सुमधुर सम्बन्ध बढाउने तथा विकास र समृद्धिको प्रक्रियामा सहजीकरण गर्ने काम कम्पनीले गर्दै आएको छ।
