मेनु

प्रस्ताव माग्नुहोस्

गतिविधि

गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा छलफल

गुराँस गाउँपालिकासामाजिक परीक्षण

गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा छलफल

गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा छलफल

कर्णाली प्रदेश, दैलेख जिल्लास्थित गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण सम्पन्न भएपछि स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हव प्रा. लि.) द्वारा तयार गरिएको सामाजिक परीक्षण प्रतिवेदन औपचारिक रूपमा प्रस्तुत तथा छलफल गरिएको छ ।

उक्त सामाजिक परीक्षण वि.सं. २०८३ वैशाख १० गतेदेखि २०८३ असार ११ गतेसम्म (२३ अप्रिल २०२६ देखि २५ जुन २०२६ सम्म) सञ्चालन गरिएको थियो । सामाजिक परीक्षण सम्पन्न भएपछि तयार गरिएको प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रममा प्रस्तुत गरिएको थियो। कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष श्री टोपबहादुर बी.सी., उपाध्यक्ष श्रीमती शिवाकुमारी खड्का, प्रमुख प्रशासकीय अधिकृत श्री ओमप्रकाश देवकोटा, सम्पूर्ण वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य शाखाका प्रमुख तथा गाउँपालिकाका अन्य विषयगत शाखाका प्रमुखहरू लगायतको सहभागिता थियो ।

कार्यक्रममा सामाजिक परीक्षणबाट प्राप्त निष्कर्ष, स्वास्थ्य संस्थाहरूको सेवा प्रवाहको अवस्था, पारदर्शिता, जवाफदेहिता तथा सुधार गर्नुपर्ने विषयहरूका सम्बन्धमा छलफल गरिएको थियो । साथै, प्रतिवेदनमा उल्लेख गरिएका सुझाव तथा सुधारका क्षेत्रहरूलाई आगामी दिनमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन उपयोग गर्ने विषयमा समेत छलफल गरिएको थियो ।

उक्त सार्वजनिक तथा छलफल कार्यक्रमको सहजीकरण स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हब प्रा. लि.) का तर्फबाट श्री सी.पी. शर्माले गर्नुभएको थियो।


सार्वजनिक सुनुवाइ
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाद्वारा नागरिकसमक्ष आठबुँदे प्रतिबद्धता

दैलेखको गुराँस गाउँपालिकाले नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी तथा सुदृढ बनाउने उद्देश्यले आठबुँदे प्रतिबद्धता व्यक्त गरेको छ…

सामाजिक परीक्षण
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षणअन्तर्गत आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम

कर्णाली प्रदेश, दैलेख जिल्लास्थित गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण अन्तर्गत स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम:…

सामाजिक परीक्षण
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थामा दस्तावेज अध्ययन तथा सूचना सङ्कलन

दैलेख जिल्लास्थित गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण अन्तर्गत स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हव…