मेनु

प्रस्ताव माग्नुहोस्

गतिविधि

गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थामा दस्तावेज अध्ययन तथा सूचना सङ्कलन

गुराँस गाउँपालिकासामाजिक परीक्षण

गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थामा दस्तावेज अध्ययन तथा सूचना सङ्कलन

गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थामा दस्तावेज अध्ययन तथा सूचना सङ्कलन

दैलेख जिल्लास्थित गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण अन्तर्गत स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हव प्रा. लि.) का तर्फबाट सिर्जना बुढाथोकीले सम्बन्धित स्वास्थ्य संस्थाहरूका संस्थागत दस्तावेजहरूको विस्तृत अध्ययन तथा आवश्यक सूचनाहरू सङ्कलन गर्नुभएको छ ।

उक्त सामाजिक परीक्षण वि.सं. २०८३ वैशाख १० गतेदेखि २०८३ असार ११ गतेसम्म (२३ अप्रिल २०२६ देखि २५ जुन २०२६ सम्म) सञ्चालन गरिएको थियो। यस अवधिमा स्वास्थ्य संस्थाहरूका सम्बन्धित दस्तावेजहरूको अध्ययन, आवश्यक सूचनाहरूको सङ्कलन तथा सम्बन्धित कर्मचारीहरूसँग छलफल एवं परामर्श गरी स्वास्थ्य संस्थाहरूको शासकीय अवस्था, सेवा प्रवाह, पारदर्शिता, जवाफदेहिता तथा समग्र कार्यसम्पादनको अवस्था मूल्याङ्कन गरिएको थियो ।

सामाजिक परीक्षणको क्रममा स्वास्थ्य संस्थाबाट सेवा लिने सेवाग्राहीहरूसँग अन्तर्वार्ता समेत सञ्चालन गरिएको थियो । उक्त अन्तर्वार्तामार्फत स्वास्थ्य संस्थाबाट प्राप्त सेवाका सम्बन्धमा सेवाग्राहीहरूको अनुभव, धारणा, सन्तुष्टिको अवस्था तथा सेवा प्रवाहसम्बन्धी सुझावहरू सङ्कलन गरिएको थियो ।


GEDSI परीक्षण
नरैनापुर गाउँपालिका

नरैनापुरमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण परीक्षण

नेपाल सरकारले जारी गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८० बमोजिम गाउँपालिकाको आयोजना तथा इन्नोभेसन हव प्रा.लि.को सहजीकरणमा…

सार्वजनिक सुनुवाइ
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाद्वारा नागरिकसमक्ष आठबुँदे प्रतिबद्धता

दैलेखको गुराँस गाउँपालिकाले नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी तथा सुदृढ बनाउने उद्देश्यले आठबुँदे प्रतिबद्धता व्यक्त गरेको छ…

सामाजिक परीक्षण
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षणअन्तर्गत आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम

कर्णाली प्रदेश, दैलेख जिल्लास्थित गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण अन्तर्गत स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम:…