कर्णाली प्रदेश, दैलेख जिल्लास्थित गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण अन्तर्गत स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हव प्रा. लि.) ले गाउँपालिकाअन्तर्गत रहेका सबै स्वास्थ्य संस्थाहरूमा सेवाग्राही र सेवा प्रदायकबीच छलफल तथा अन्तरक्रिया गर्ने उद्देश्यले विभिन्न बैठक तथा भेला आयोजना गरेको छ ।
उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रमले स्वास्थ्य संस्थाबाट सेवा लिएका सेवाग्राही तथा सेवा प्रदायकहरूलाई आफ्ना अनुभव, धारणा, समस्या, गुनासा तथा सुझावहरू आदानप्रदान गर्ने अवसर प्रदान गरेको थियो । साथै, स्वास्थ्य सेवाको गुणस्तर, पहुँच, प्रभावकारिता तथा सेवा प्रवाहमा देखिएका समस्या र सुधार गर्नुपर्ने पक्षहरू का सम्बन्धमा सहभागीहरूबीच प्रत्यक्ष छलफल गरिएको थियो ।
स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण वि.सं. २०८३ वैशाख १० गतेदेखि २०८३ असार ११ गतेसम्म (२३ अप्रिल २०२६ देखि २५ जुन २०२६ सम्म) सञ्चालन गरिएको थियो । उक्त अवधिमा सामाजिक परीक्षणका लागि निर्धारित सम्पूर्ण गतिविधिहरू योजनाबद्ध रूपमा सञ्चालन गरी सफलतापूर्वक सम्पन्न गरिएको थियो ।