मेनु

प्रस्ताव माग्नुहोस्

गतिविधि

गुराँस गाउँपालिकामा आठबुँदे प्रतिबद्धतासहित सार्वजनिक सुनुवाइ कार्यक्रम

गुराँस गाउँपालिकासार्वजनिक सुनुवाइ

गुराँस गाउँपालिकामा आठबुँदे प्रतिबद्धतासहित सार्वजनिक सुनुवाइ कार्यक्रम

गुराँस गाउँपालिकामा आठबुँदे प्रतिबद्धतासहित सार्वजनिक सुनुवाइ कार्यक्रम

दैलेख जिल्लास्थित गुराँस गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रमका क्रममा आठबुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । गुराँस गाउँपालिकाको आयोजना तथा स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हब प्रा. लि.) को सहजीकरणमा उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवाहरू, विकास तथा निर्माणका कार्यहरू, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विभिन्न सार्वजनिक सरोकारका विषयमा गहन छलफल गरिएको थियो ।  सार्वजनिक सुनुवाइका क्रममा स्थानीय सरकारलाई प्रविधिमैत्री तथा नागरिकमैत्री बनाउने, स्वास्थ्य सेवामा सुधार गर्ने, खानेपानीको समस्या समाधान गर्ने, शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने तथा राउटे समुदायको संरक्षण र स्थायित्वका लागि आवश्यक पहल गर्ने लगायतका विषयमा प्रतिबद्धता व्यक्त गरिएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार ललितबहादुर बुढाले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसी ले प्रमुख जवाफदेही वक्ताका रूपमा नागरिकहरूबाट उठाइएका प्रश्न, जिज्ञासा तथा सरोकारका विषयमा जवाफ दिनुभएको थियो ।

त्यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल तथा विभिन्न विषयगत शाखाका प्रमुखहरूले पनि नागरिकहरूबाट उठाइएका प्रश्न तथा जिज्ञासाका सम्बन्धमा जवाफ दिनुभएको थियो ।

स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता र जिम्मेवारी प्रवर्द्धन गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै गुराँस गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण तथा वार्षिक समीक्षा लगायतका गतिविधिहरू सञ्चालन गर्दै आएको जनाएको छ । यस प्रकारका गतिविधिमार्फत स्थानीय सरकारका काम, सेवा प्रवाह तथा कार्यसम्पादनलाई नागरिकसमक्ष सार्वजनिक गर्ने र नागरिकका गुनासा, सुझाव तथा अपेक्षालाई सम्बोधन गर्ने प्रयास गरिएको छ ।


GEDSI परीक्षण
नरैनापुर गाउँपालिका

नरैनापुरमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण परीक्षण

नेपाल सरकारले जारी गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८० बमोजिम गाउँपालिकाको आयोजना तथा इन्नोभेसन हव प्रा.लि.को सहजीकरणमा…

सार्वजनिक सुनुवाइ
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाद्वारा नागरिकसमक्ष आठबुँदे प्रतिबद्धता

दैलेखको गुराँस गाउँपालिकाले नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी तथा सुदृढ बनाउने उद्देश्यले आठबुँदे प्रतिबद्धता व्यक्त गरेको छ…

सामाजिक परीक्षण
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षणअन्तर्गत आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम

कर्णाली प्रदेश, दैलेख जिल्लास्थित गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण अन्तर्गत स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम:…