स्थानीय तहमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश, दैलेख जिल्लाको गुराँस गाउँपालिका–३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमका विषयवस्तु:
गुराँस गाउँपालिका वडा नं. ३ को कार्यालय तथा मातहतका निकायबाट सम्पादन गरिएका कार्यहरूको विवरण सार्वजनिक गर्ने, नागरिकका गुनासा तथा जिज्ञासामाथि सरकारी पक्षबाट जवाफ दिने र प्रभावकारी सेवा प्रवाह तथा कार्यसम्पादनका लागि प्रतिबद्धता व्यक्त गर्ने लगायतका विषयमा छलफल गरिएको थियो।
आयोजक: गुराँस गाउँपालिका वडा नं. ३ को कार्यालय, पातिकल्ला, दैलेख।
साझेदारी: गुराँस गाउँपालिका।
सहजीकरण: स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हब प्रा. लि.)
मिति: २०२५ जनवरी १९ (वि.सं. २०८१ माघ ६ गते)