स्थानीय तहमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश, दैलेख जिल्लास्थित गुराँस गाउँपालिका वडा नं. २ मा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमको विषयवस्तु:
गुराँस गाउँपालिका वडा नं. २ को वडा कार्यालय तथा मातहतका निकायहरूबाट सम्पादन गरिएका कार्यहरूको विवरण सार्वजनिक गर्ने, नागरिकहरूबाट प्राप्त गुनासा, जिज्ञासा तथा सुझावहरूका सम्बन्धमा सम्बन्धित सरकार/निकायबाट जवाफ दिने तथा आगामी दिनमा सेवा प्रवाह र कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्ने लगायतका विषयमा कार्यक्रम केन्द्रित रहेको थियो ।
आयोजक:
गुराँस गाउँपालिका वडा नं. २ को वडा कार्यालय, पुरेनी, दैलेख।
साझेदारी:
गुराँस गाउँपालिका सरकार।
सहजीकरण:
स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि.
(हालको नाम इन्नोभेसन हव प्रा. लि. )
मिति:
२८ जनवरी २०२५