विस्तृत परियोजना प्रतिवेदन (Detailed Project Report – DPR) ले कुनै परियोजनाका उद्देश्य, प्राविधिक डिजाइन, लागत अनुमान, कार्यान्वयन योजना तथा अपेक्षित लाभहरू स्पष्ट रूपमा प्रस्तुत गर्दछ । यसले परियोजनालाई आवश्यक स्वीकृति प्राप्त गर्न तथा बजेट/लगानी सुनिश्चित गर्न आधार प्रदान गर्दछ ।
हामी सरकार तथा विभिन्न संस्थाहरूका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्ने कार्य गर्दछौँ । यस क्रममा स्थलगत रूपमा सङ्कलन गरिएको तथ्य तथा सूचनालाई प्राविधिक, वित्तीय, सामाजिक तथा वातावरणीय पक्षको विश्लेषणसँग एकीकृत गरिन्छ । आवश्यकताअनुसार इन्जिनियर तथा सम्बन्धित विषयका विशेषज्ञहरूसँग समन्वय र सहकार्य गरी परियोजनाको आवश्यकता, सम्भाव्यता, लागत, कार्यान्वयन प्रक्रिया तथा अपेक्षित प्रतिफललाई समेटेर विस्तृत प्रतिवेदन तयार गरिन्छ ।