कर्णाली प्रदेश, सुर्खेत जिल्लास्थित भेरीगंगा नगरपालिकाका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कानुनी शिक्षा प्रदान गरिएको छ । यस कार्यक्रमबाट भेरीगंगा नगरपालिकाभित्र रहेका विभिन्न माध्यमिक विद्यालयका कक्षा १०, ११ र १२ मा अध्ययनरत करिब ९०० जना विद्यार्थीहरू लाभान्वित भएका थिए ।
कार्यक्रमको विषयवस्तु:
नेपालको संविधानका आधारभूत विशेषता तथा मौलिक हक, मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता लगायतका विद्यार्थीहरूका लागि उपयोगी आधारभूत कानुनी विषयवस्तुका सम्बन्धमा जानकारी तथा अभिमुखीकरण प्रदान गरिएको थियो ।
आयोजक:
भेरीगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय ।
सहजीकरण:
स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि.
(हालको नाम: इन्नोभेसन हब प्रा. लि.)
सहजीकरणकर्ता: अधिवक्ता सन्दीपकुमार शाही ।
वर्ष:
सन् २०२२