सेवाहरू
सेवाहरू
सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षणदेखि अनुसन्धान, सञ्चार र तालिमसम्म — स्थानीय सरकार, गैरसरकारी संस्था र विकास साझेदारका लागि व्यावहारिक सहयोग।
सुशासन र जवाफदेहिता
स्थानीय सरकारलाई पारदर्शी र समावेशी बनाउने सार्वजनिक सुनुवाइ, सामाजिक तथा GEDSI परीक्षण र कानुनी सहयोग।
- सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण तथा GEDSI (लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण) परीक्षण
- यी प्रक्रियासम्बन्धी कार्यक्रम व्यवस्थापन
- स्थानीय तहमा कानुन मस्यौदा सहजीकरण
- कानुनी विषयमा तालिम, कार्यशाला तथा गोष्ठी
- सामुदायिक तहका नागरिकस्तरीय संरचनाको गठन, परिचालन र संस्थागत सुदृढीकरण
थप जानकारी
सम्बन्धित प्रतिवेदन
- Social Audit Report — Health Institutions of Gurans Rural Municipality (FY 2082/83)
- GEDSI Audit Report — Narainapur Rural Municipality (FY 2082/83)
- Public Hearing Report — Gurans Rural Municipality, Municipal Level (14 July 2025)
अनुसन्धान र परामर्श
योजनाकारलाई भरपर्दो प्रमाण दिने सर्वेक्षण, अध्ययन, योजना र प्राविधिक दस्तावेज।
- सर्वेक्षण, अन्वेषण, अध्ययन, अनुसन्धान तथा परामर्श
- आवधिक योजना, रणनीतिक योजना, क्षमता विकास योजना तथा रणनीति
- रणनीतिक योजना तथा मूल्याङ्कन
- प्रारम्भिक वातावरणीय परीक्षण (IEE)
- विस्तृत परियोजना प्रतिवेदन (DPR)
- सञ्चार क्षेत्रसम्बन्धी अनुसन्धान तथा अन्य काम
थप जानकारी
सम्बन्धित प्रतिवेदन
यो सेवा माग्नुहोस्सञ्चार तथा मिडिया
नागरिकलाई सूचित राख्ने विज्ञापन, मिडिया साझेदारी र प्रकाशन।
- विज्ञापन एजेन्सी सेवा — पत्रिका, रेडियो, टेलिभिजन र होर्डिङ बोर्ड
- अनलाइन पत्रिका तथा अनलाइन टेलिभिजन (खबर बजार)
- स्थानीय सरकार–मिडिया साझेदारी कार्यक्रम
- अनलाइन व्यवसाय तथा डिजिटल सेवा
सम्बन्धित प्रतिवेदन
यो सेवा माग्नुहोस्श्रव्यदृश्य उत्पादन
हरेक घरसम्म सार्वजनिक सन्देश पुर्याउने नाटक, फिल्म, वृत्तचित्र र जिङ्गल।
- प्रसारणका लागि नाटक, फिल्म, भिडियो फिल्म तथा वृत्तचित्र
- सञ्चारमाध्यममार्फत सीपमूलक तथा ज्ञानवर्धक कार्यक्रम
- जिङ्गल तथा सार्वजनिक सूचना
- सबै प्रकारका अडियो तथा भिडियो सेवा
तालिम र क्षमता विकास
नागरिक, समिति र समुदायका लागि व्यावहारिक तालिम तथा क्षमता विकास।
- नागरिक तथा सरोकारवालाका लागि विषयगत तालिम र क्षमता विकास
- विषयगत पाठ्यक्रम तथा तालिम सामग्री
- जीवनोपयोगी सीप तालिम — पत्रकारिता, सार्वजनिक वक्तृत्व, साहित्य, कला, सङ्गीत, नृत्य, मोडलिङ र फेसन शो
- टोल विकास संस्था गठन, परिचालन तथा क्षमता विकास